काठमाडौँ, भदौ २६ गते। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र सुदृढ गर्न सरकारले पाँच वटा विशेष प्याकेज अघि बढाउन लागेको घोषणा गर्नुभएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले भोटेकोशी बाढीको असर, शिथिल पुँजीबजार, निजी क्षेत्रको पुनरुत्थान तथा अन्तर्राष्ट्रिय वित्तीय प्रतिष्ठासँग जोडिएका क्षेत्रलाई समेटेर काम भइरहेको जानकारी दिनुभयो।
घोषित योजना अनुसार पहिलो प्याकेज भोटेकोशी बाढीबाट भएको क्षतिको राहत, पुनरुत्थान र पुनः स्थापनामा केन्द्रित रहनेछ। दोस्रो प्याकेज अन्तर्गत शिथिल बनेको पुँजीबजारलाई गति दिन एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधार ल्याइँदैछ। यस्तै तेस्रो प्याकेजमा निजी क्षेत्रको प्रवद्र्धन तथा पुनरुत्थानका लागि विशेष कार्यक्रम ल्याइनेछ।
चौथो प्याकेज अन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे लिस्ट’बाट हटाउन प्राथमिकताका साथ काम भइरहेको अर्थमन्त्रीले बताउनुभयो। पाँचौँ प्याकेज अन्तर्गत बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त (फण्ड) परिचालन गरिनेछ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले बाढी प्रभावित व्यवसायीहरूका लागि तत्काल विशेष राहत प्याकेज ल्याउन सरकारसँग जोडदार माग गर्नुभयो।
५ वटा विशेष प्याकेजको संक्षिप्त विवरण:
| प्याकेज | मुख्य प्राथमिकता / क्षेत्र | कार्यसूची तथा विवरण |
| पहिलो प्याकेज | भोटेकोशी बाढी पुनरुत्थान | प्रभावित उद्योगी, व्यवसायी र सर्वसाधारणलाई राहत तथा पुनः स्थापना |
| दोस्रो प्याकेज | पुँजीबजार सुधार | शिथिल सेयर बजार सम्बोधन गर्न १ साताभित्रै १०–१२ बुँदे नीतिगत सुधार |
| तेस्रो प्याकेज | निजी क्षेत्रको पुनरुत्थान | निजी क्षेत्रको प्रवद्र्धन र व्यवसाय प्रवर्धनका लागि विशेष राहत घोषणा |
| चौथो प्याकेज | अन्तर्राष्ट्रिय वित्तीय प्रतिष्ठा | नेपाललाई FATF को ‘ग्रे लिस्ट’ (Grey List) बाट हटाउन प्राथमिकताका साथ काम |
| पाँचौँ प्याकेज | अन्तर्राष्ट्रिय वित्त परिचालन | भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि वैदेशिक/अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































