09/10/2026, 16:38:44
बिहिबार, भदौ २५, २०८३

सेयर बजारमा दोहोरो अङ्कको गिरावट: नेप्से २५३१ विन्दुमा झर्‍यो, कारोबार ४ अर्ब मै सीमित


काठमाडौँ, भदौ २५ गते । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै उपसूचक घटेका छन्। बजार परिसूचक नेप्से १३.८५ अङ्कले ओरालो लागेर २५३१ विन्दुमा कायम भएको छ।

अघिल्लो दिन १५.४३ अङ्कले घटेको बजारमा लगातार दोस्रो दिन पनि गिरावट आएको हो। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आई कुल ३ अर्ब ९९ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबार भएकामध्ये ६९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत तर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशतले घट्यो भने बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत् र बीमा लगायतका अन्य सबै उपसूचक १ प्रतिशतभन्दा कमले ओरालो लागे।

अङ्क घटेको बजारमा पनि लिबर्टी इनर्जीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्यो भने दोल्ती पावर, अपर लोहोरेखोला र इमर्जिङ नेपालका सेयरधनीले कमाए। यता सिन्धु विकास बैंकको मूल्यमा सर्वाधिक १५ प्रतिशतको गिरावट आयो भने कर्पोरेट डेभलपमेन्ट बैंक र शुभम पावरका सेयरधनीले बढी गुमाएका छन्। लिबर्टी इनर्जी र रिलायन्स स्पिनिङ मिल्स आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परे।

सर्वाधिक मूल्य बढ्ने कम्पनीहरू (Top Gainers)

क्र.सं.कम्पनीको नाममूल्य वृद्धि (%)
लिबर्टी इनर्जी१५.००%
दोल्ती पावर८.२२%
अपर लोहोरेखोला७.०२%
इमर्जिङ नेपाल५.४६%
शिवश्री हाइड्रो४.९२%
सेन्ट्रल फाइनान्स४.४६%
जानकी फाइनान्स४.२८%

सर्वाधिक मूल्य घट्ने कम्पनीहरू (Top Losers)

क्र.सं.कम्पनीको नाममूल्य गिरावट (%)
सिन्धु विकास बैंक१५.००%
कर्पोरेट डेभलपमेन्ट बैंक५.२४%
शुभम पावर५.१९%
धौलागिरि लघुवित्त४.५०%
बाराही हाइड्रोपावर४.४०%