09/06/2026, 09:50:47
आइतबार, भदौ २१, २०८३

भोटेकोशी बाढी प्रभावितका लागि राहत र व्यवस्थापनमा स्रोतको कमी हुन दिइँदैन: सञ्चारमन्त्री डा. तिमिल्सिना


काठमाडौं, भदौ २१ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अकल्पनीय बाढीले ठूलो जनधनको क्षति पुर्‍याए पनि सरकार सबै किसिमको राहत, उद्धार तथा पुनःस्थापनाको काममा गम्भीरताका साथ खटिरहेको उहाँले बताउनुभयो ।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री डा. तिमिल्सिनाले बाढी आएकै दिनदेखि प्रभावित क्षेत्रमा खटिएर सरकारको उपस्थिति महसुस गराइएको उल्लेख गर्नुभयो ।

हाल प्रभावितहरूका लागि अस्थायी बसोबासको रूपमा विद्यालय तथा अस्पतालका भवनहरू प्रयोगमा ल्याइएको र दीर्घकालीन बसोबासका लागि पनि सरकारले उचित व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । साथै, बाढीका कारण ठप्प भएका ऊर्जा र सञ्चार क्षेत्रलाई द्रुत गतिमा मर्मत गरी सेवा सुचारु गरिसकिएको उहाँको भनाइ छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले मिडियाकर्मीहरूलाई मानवीय संवेदनशीलता बुझेर मात्रै समाचार सामग्री तयार पार्न आग्रह गर्नुभयो । पत्रकारिता क्षेत्र थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिँदै उहाँले पीडितहरूलाई थप पीडा हुने खालका सामग्री नबनाउन र समाजलाई फाइदा पुग्ने सत्यतथ्य सूचना मात्र प्रवाह गर्न सञ्चारकर्मीहरूसँग अनुरोध गर्नुभएको छ ।

विवरण (Detail)जानकारी (Information)
प्रमुख वक्तव्यबाढी प्रभावितको राहत तथा पुनःस्थापनामा बजेट र स्रोतको कमी हुन नदिइने
अस्थायी बसोबासविद्यालय तथा अस्पताल भवनहरूको प्रयोग
भौतिक पूर्वाधारबिजुली, नेपाल टेलिकम र एनसेलका सेवाहरू पुनः सुचारु
मिडियालाई आग्रहमानवीय संवेदशीलता बुझेर जिम्मेवार र सकारात्मक सामग्री मात्र उत्पादन गर्न अनुरोध