

सर्लाही, भदौ २० गते । सर्लाहीमा बाढी विपत् र आसन्न चाडपर्वको मौका छोपेर चिनीसहित अत्यावश्यक खाद्यवस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ। अनुगमन गर्ने निकाय र सुरक्षा निकाय उद्धार तथा राहत कार्यमा व्यस्त रहेको बेला व्यापारीहरूले चिनी, तेल, चामल लगायतका खाद्यान्नको भाउ बढाउँदा उपभोक्ताहरू मारमा परेका छन्। बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी १४० रुपियाँसम्म पुगेको छ।
स्थानीयवासीका अनुसार भारत तथा चीनसँगका नाकामा कडाइ र अवरोध भएको बहाना बनाउँदै मलङ्गवा, हरिवन, बरहथवा, बयलवास, लालबन्दी लगायतका प्रमुख तथा ग्रामीण बजारहरूमा मूल्य आकासिएको छ। यस अस्वाभाविक मूल्यवृद्धिले विशेष गरी न्यून आयस्तर भएका परिवारलाई दैनिक गुजारा चलाउन निकै सकस परेको छ।
यसैबीच, सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले चाडपर्वलक्षित बजार अनुगमनको तयारी भइरहेको बताउनुभएको छ। विपत्को समयमा कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धि नगर्न चेतावनी दिँदै उहाँले त्यस्तो कार्य भएको पाइए स्थानीय प्रशासनलाई सूचना दिन र दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























