

हेटौँडा, भदौ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ७ गते आइतबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुखले दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो। संविधानको धारा १६८ को उपधारा (४) तथा नियमावलीको नियम १४३ अनुसार मुख्यमन्त्री थापामगरले विश्वासको मत पेस गर्नुहुनेछ।
एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दलको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो। भदौ ३ गते दाबी पेस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार टिकाउन कम्तिमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल सत्तागठबन्धनसँग आवश्यकभन्दा बढी ६३ सांसदको बलियो समर्थन रहेको छ।
बागमती प्रदेशसभामा दलगत स्थिति:
| दल / पार्टी | सांसद सङ्ख्या |
| नेपाली कांग्रेस | ३६ |
| नेकपा | २६ |
| नेकपा (एमाले) | २५ |
| राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) | १२ |
| नेपाल मजदुर किसान पार्टी (नेमकिपा) | ३ |
| हाम्रो नेपाली पार्टी | २ |
| जम्मा | १०४ |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























