कैलाली, भदौ ३ गते । अन्तर्राष्ट्रिय महत्त्व बोकेको कैलालीस्थित विश्व सिमसार क्षेत्र घोडाघोडी ताल पर्याप्त बजेट र प्रभावकारी संरक्षणको अभावमा संकटमा पर्दै गएको छ। जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा पूर्वाधार विकासलाई मात्र प्राथमिकता दिँदा तालको मुख्य पहिचान र जैविक वातावरण ओझेलमा परेको छ। प्रदेश सरकारले विनियोजन गर्ने न्यून बजेटले तालको सरसफाइ र संरक्षणमा कुनै ठोस प्रभाव पार्न सकेको छैन।
ठूलो लगानीमा तयार पारिएको गुरुयोजना कार्यान्वयन नहुनु, सरकार र प्रशासनिक नेतृत्वको बारम्बारको परिवर्तन, तथा दातृ निकायहरूसँगको समन्वय अभावका कारण घोडाघोडीको संरक्षण थप जटिल बनेको छ। स्थानीय तहले निजी कम्पनीलाई जिम्मेवारी सुम्पेर पन्छिन खोजेको र वर्षौँदेखि क्रियाशील स्थानीय संस्थाहरू समेत निष्क्रिय बनेकाले नियमन र निगरानी प्रक्रिया ठप्प जस्तै बनेको छ।
बर्सेनि फैलिँदै गएका जलकुम्भी र बेसरम जस्ता मिचाहा प्रजाति, चोरीसिकारी, र उचित व्यवस्थापनको अभावले दुई हजार ५६३ हेक्टरमा फैलिएको यो ताल दिनानुदिन साँघुरिँदै छ। जैविक विविधताको रक्षाका लागि मिचाहा प्रजाति नियन्त्रण, चोरीसिकारी रोक्न नियमित गस्ती तथा तालिम, इको क्लबहरूको सक्रियता र पर्यापर्यटनमा स्थानीयको सहभागिता बढाउन राज्यले पर्याप्त बजेट र स्पष्ट योजनाका साथ तत्काल कदम चाल्न आवश्यक छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























