

काठमाडौँ, भदौ १ गते । मुलुकभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासङ्घ नेपालले उद्योग र विशेष बिक्री केन्द्रबाट हुने वितरण तत्काल रोकी स्थानीय विक्रेता/डिलरमार्फत ग्यास बाँड्न सरकारसँग माग गरेको छ। महासङ्घका अनुसार डिपो वा विक्रेतामार्फत बिक्री गर्दा उपभोक्ताले घरनजिकै सहज रूपमा ग्यास पाउनेछन्। उद्योग र बिक्री केन्द्रबाट मात्र ग्यास वितरण गर्दा टाढा-टाढाका उपभोक्ताले सास्ती खेप्नुपरेको र वितरण च्यानल अस्तव्यस्त बनेको महासङ्घको ठहर छ।
बजारमा नयाँ सिलिन्डरको बिक्री नरोकिनु र पछिल्लो चार महिनामा करिब ६० हजार मेट्रिक टन कम ग्यास आयात हुनुले अभाव झन् जटिल बनेको महासङ्घले जनाएको छ। उता आयल निगमका अनुसार ५४ हजार ५०५ मेट्रिक टन ग्यास आयात भई ३८ लाखभन्दा बढी सिलिन्डर बजारमा पठाइए पनि अभाव हट्न सकेको छैन। आधा तौलबाट पुनः पूर्ण तौलको सिलिन्डर बिक्री खुला गरिएपछि एकाएक माग बढ्दा र पश्चिम एसियाली मुलुकमा भएको युद्धको असरका कारण बजारमा यो समस्या देखिएको हो।
ग्यासको अभाव पूर्ति गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनाका लागि प्रतिमहिना ६० हजार मेट्रिक टनका दरले ग्यास आयात बढाउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिसकेको छ। यद्यपि, महासङ्घले भने आयल निगम र प्रशासनले विक्रेतालाई पन्छाएर आफैँ ग्यास बेच्ने र अनुगमनका नाममा साना व्यापारीलाई दुःख दिने काम गरेको भन्दै आपत्ति जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























