काठमाडौँ, साउन ३० गते । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई लक्षित गर्दै नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा आज शनिबार विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गरिने भएको छ।
आयल निगमका अनुसार काठमाडौँका ५ प्रमुख स्थानहरू—टेकु परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर परिसर, वसुन्धरास्थित राधास्वामी परिसर र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ।
निगमले खाना पकाउने ग्यासको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाए पनि अति आवश्यक परेका उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन यो व्यवस्था गरिएको हो। ग्यास खरिद गर्न जाँदा उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। ग्यास बिक्री समय बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म रहनेछ।
ग्यास वितरण स्थल र उपलब्ध ब्रान्डहरू
| क्र.सं. | वितरण स्थल (स्थान) | उपलब्ध ग्यास ब्रान्डहरू (कम्पनीहरू) |
| १ | नेपाल आयल निगम, टेकु परिसर | नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री, हिमाल |
| २ | यातायात कार्यालय परिसर, चाबहिल | नेपाल, एचपी, राधास्वामी |
| ३ | कीर्तिपुर परिसर | नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा, ओम |
| ४ | राधास्वामी परिसर, वसुन्धरा | नेपाल, एचपी, एभरेष्ट, सुगम, भानु, ओम |
| ५ | पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल | नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय, सूर्य |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























