08/02/2026, 14:02:36
आइतबार, साउन १७, २०८३

देशभर बादल लाग्ने, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना


मिति २०८३ श्रावण १७, आइतबार, काठमाडौं । आज देशभर सामान्यतया बादली वातावरण रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरैजसो स्थानहरूमा र तराईका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुन सक्छ।

विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

आज राति:
राति पनि देशभर सामान्यतया बादली वातावरण नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरैजसो स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुन सक्छ। त्यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरैजसो स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा पनि वर्षा हुने सम्भावना छ।

मौसम विज्ञहरूका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा भारी वर्षा र एक दुई स्थानहरूमा अत्यधिक भारी वर्षा हुने सम्भावना रहेको छ।

मौसमी विश्लेषण:
अहिले देश मनसुनी हावाको प्रभावमा रहेको छ। हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिकै यसको औसत स्थितिभन्दा अलि उत्तरतिर रहेको छ।