07/27/2026, 11:13:04
सोमबार, साउन ११, २०८३

आत्मदाह प्रयास गरेकी धनगढीकी ज्योतीको निधन


धनगढी, साउन ११ गते । आत्मदाह प्रयास गरेकी कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योती चौधरीको निधन भएको छ।

साउन ९ गते आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाएकी चौधरीलाई गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङ पुग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

मृतकको शव धनगढी ल्याएर सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।