

अर्जेन्टिनालाइ विश्वकप फाइनलमा जित्दै बिजेता बनेको स्पेनले फिफा पुरुष वरीयतामा पुनः शीर्ष स्थान हासिल गरेको छ। शिर्ष स्थानमा रहेको अर्जेन्टिनालाई विस्थापित गर्दै स्पेन शिर्ष स्थानमा उक्लिएको हो भने अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ। यसैबीच, फ्रान्सले भने आफ्नो तेस्रो स्थान कायमै राखेको छ। नेपाली समय सोमबार ००:४५ मा सुरु भएको विश्वकप फाइनल अतिरिक्त समयसम्म चलेको रोमाञ्चक खेलमा लुइस डे ला फुएन्टेको टोलीले सन् २०२२ का विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को जनवरीपछि पहिलो पटक शीर्षस्थानमा पुग्न सफल भएको हो।
यता, फ्रान्स र इङ्ल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा यथावत छन्। थोमस टुचेलको टोलीले फ्रान्सलाइ ६-४ गोला अन्तर हराउँदै कांस्य पदक जिते पनि वरीयतामा भने कुनै परिवर्तन आएन। त्यस्तै, ब्राजिल पाँचौं स्थानमा उक्लिएको छ भने मोरक्कोले आफ्नो इतिहासकै उत्कृष्ट वरीयता हासिल गर्दै छैटौं स्थानमा चम्किएको छ। यसअघि मोरक्कोको यो भन्दा राम्रो वरीयता कहिल्यै थिएन। पोर्चुगल भने विश्वकपको अन्तिम १६ बाटै बाहिरिएपछि दुई स्थानले ओरालो खाँदै सातौंमा झरेको छ। बेल्जियम एक स्थान माथि उक्लिएर आठौं बन्यो भने नेदरल्यान्ड्स नौौं स्थानमा खस्कियो। मेक्सिकोले चार स्थानको सुधार गर्दै शीर्ष १० मा प्रवेश गरेको हो । सबैभन्दा ठूलो उकालो भने नर्वेले लिएको छ – विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वे १२ स्थान माथि उक्लिएर १९ औं स्थानमा पुगेको छ।
जर्मनी भने शीर्ष १० बाट बाहिरिएको छ र १२ औं स्थानमा झरेको छ, जुन क्रोएसियाभन्दा एक स्थान माथि हो। विश्वकपमा छनोट हुन नसकेको इटाली १५ औं स्थानमा खुम्चिएको छ।
सबैभन्दा ठूलो गिरावट ट्युनिसियाको भयो – १२ स्थान तल झर्दै उनीहरू ५७ औं स्थानमा पुगेका छन्। यता, इजिप्टले ५ स्थानको सुधार गर्दै २४ औं र पाराग्वेले ७ स्थान माथि उक्लिएर ३४ औं स्थान हासिल गरेको छ। पाराग्वे विश्वकपको अन्तिम १६ सम्म पुग्न सफल भएको थियो।
त्यस्तै, अन्तिम ३२ मा पुगेको केप भर्डे ३ स्थान माथि उक्लिएर ६४ औं बनेको छ, जुन घानाभन्दा एक स्थान माथि हो। घानाले ८ स्थानको सुधार गरेको छ। नेपाल भने १७७ स्थानमा रहेको छ साथै यसियाको पावरहाउस जापान १७ औ स्थानमा रहेको छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































