

काठमाडौँ, साउन ५ गते । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ ।
विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो । यस वर्ष गुठीले अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास (रोशनकुमार झा), नेवार समुदायका परम्परागत मुकुन्डोनाच (वीणा जोशी राजभण्डारी), परिधि (उमा सुवेदी), महायुग (सीमा आभास), सलह (श्रवण मुकारुङ), स्वस्पर्श (डा. नवराज केसी) र हिउँद (नदीश) कृति छनोट गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































