

धनगढी, असार ३१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ।
आगामी आर्थिक वर्षको बजेट पारित गर्न एमालेले असहयोग गरेपछि मुख्यमन्त्री शाहले यो कदम चाल्नुभएको हो। मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमका अनुसार बर्खास्त हुनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउद रहनुभएको छ।
बजेट पारित गर्न साथ नदिएको एमालेले प्रदेश सभा सचिवालयमा तीन वटा मन्त्रालयको खर्च कटौतीको प्रस्तावसमेत दर्ता गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























