

बिर्तामोड, जेठ २० गते । झापाको मेचीनगर नगरपालिका ९ सतीखट्टा भन्ने स्थानमा मोटरसाइकल र स्कुल बस एकआपसमा जुध्दा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको छ ।
बुधवार दिउँसो ५ बजेर २० मिनेटमा झापा मेचीनगर नगरपालिका –९ सतीघट्टामा मे १ प ३९१ नम्बरको होलीबेल अंग्रेजी विद्यालयको स्कुल बस एकआपसमा जुध्दा मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका –७ बस्ने बर्ष २५ को अजय राजवंशी र भारत किसनगञ्ज गलगलिया निवासी बर्ष ३३ को अजय माझिको मृत्यु भएको हो ।


दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । इटाभट्टा भद्रपुर रोडमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको स्कुल वस र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा जुधेको हो । हाल मृतकको शव मेची प्रादेशिक अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
– लीलाराज खड्का
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































