

काठमाडौं, जेठ ८ गते । पुर्वगृहमन्त्री सुधन गुरुङ युवती सहित पुगेको समाचार बाहिरिएसँगै भोटेकोशी हेली रिसोर्टले उक्त समाचारको खण्डन गरेको छ ।
आज (जेठ ८) मा एक प्रेस विज्ञप्ति जारी गर्दै रिसोर्टले संस्था कानुनबमोजिम स्थापना भई प्रचलित कानुन तथा नियामक निकायले तोकेका सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा रहेको जनाइएको छ ।
पूर्वगृहमन्त्री सुधन एक युवतीसहित रिसोर्ट पुगेको भन्ने समाचार बाहिरिएपछी सामाजिक सञ्जालमा रिसोर्टलाई जोडेर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
रिसोर्टले मनगढन्ते तथा काल्पनिक घटनाहरू सिर्जना गरेर भ्रामक सामग्री प्रकाशन तथा प्रसारण गरिएको बिज्ञप्तिमा उल्लेख छ । `नेपाल प्रहरीले अनुसन्धानको सिलसिलामा गरेको सामान्य सोधपुछ तथा विवरण संकलन प्रक्रियालाई समेत अतिरञ्जित ढंगले प्रस्तुत गर्दै व्यक्तिहरूले आफूलाई सञ्चारकर्मीको रूपमा परिचित गराउँदै होटलका कर्मचारी र कामदारलाई दबाब दिने, त्रसित बनाउने तथा जबर्जस्ती अभिव्यक्ति दिन बाध्य बनाएको तथ्यसमेत जानकारीमा आएको छ,´ विज्ञप्तिमा भनिएको छ ।
रिसोर्टले तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार तथा भिडियो सामग्री प्रकाशन–प्रसारण नगर्न सम्बन्धित सबै पक्षसँग आग्रह समेत गरेको छ ।
रिसोर्टको आधिकारिक व्यक्ति कार्साङ लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आवश्यक परे मुलुकी अपराध संहिता, २०७४ तथा वैयक्तिक गोपनीयतासम्बन्धी कानुनअन्तर्गत कानुनी उपचार र कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ ।
यसैबीच, उक्त विषयलाई लिएर पूर्व गृहमन्त्री सुधन गुरुङले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रमपूर्ण र तथ्यहीन समाचार प्रकाशित गरिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































