05/16/2026, 19:52:07
शनिबार, जेठ ०२, २०८३

एमाले सचिवालय बैठक सोमबार बस्ने


काठमाडौँ, जेठ २ गते । नेकपा (एमाले)को सचिवालय बैठक पर्सी सोमबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज शनिबार दिउँसो बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण बस्न नसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेताहरू जेठ ३ गते मनाइने मदन–आश्रित दिवसका सन्दर्भमा व्यस्त हुनुभएको हो । पर्सीको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उहाँको निजी निवास गु्ण्डुमा बस्ने गरी तय भएको उहाँको भनाइ छ ।

blog

बैठकमा समसामयिक राजनीति, सुकुमवासीका सवाल एवम् जनपक्षीय विषयमा छलफल हुने बताइएको छ ।