05/15/2026, 14:23:24
शुक्रबार, जेठ ०१, २०८३

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई


काठमाडौँ, जेठ १ गते । काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलेलाई दिइएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी दिइएको हो ।

उनले सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन् । आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..