05/14/2026, 13:57:50
बिहिबार, बैशाख ३१, २०८३

भूमिहीनको समस्या समाधान गर्न राष्ट्रिय सभा सदस्यहरुको माग


काठमाडौँ, वैशाख ३१ गते । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद पूजा चौधरी, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै व्यवस्थित बसोबास र आधारभूत आवश्यकता सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिले पाउनुपर्ने सेवा, सुविधा र अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरे ।

सांसद सावित्री मल्लले नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीमा आएका रहेको टिप्पणी गरिन् ।

सांसद रेणु चन्दले सिंहदरबारको दक्षिण गेट खुला गर्नुपर्नेमा जोड दिइन् । उक्त गेट खुला गरिए पैदल आवतजावत गर्ने सांसद तथा सर्वसाधारणलाई सहज हुने उनको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..