05/13/2026, 17:46:24
बुधबार, बैशाख ३०, २०८३

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


काठमाडौँ, वैशाख ३० गते । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव नेत्रप्रसाद सुवेदीले भट्टको राजीनामा आएको जानकारी दिए ।

भट्ट तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा २०८० फागुन ६ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका थिए । उनी २०७० जेठदेखि २०७० मंसिरसम्म कार्यकारी निर्देशकका रूपमा काम गरेका थिए ।

वालेन्द्र शाह नेतृत्वको सरकारले पुरानो सरकारबाट भएका राजनीतिक नियुक्तिलाई हटाउनेगरी अध्यादेश ल्याएपछि उनले बुधबार राजीनामा दिएका हुन् ।