

वालिङ (स्याङ्जा), वैशाख २९ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाबाट ६९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ साधारण धारामा सहभागी कुल तीन हजार २२३ विद्यार्थीमध्ये दुई हजार २३८ जना उत्तीर्ण भएका हुन् । ९८५ जना अर्थात् ३०.५६ प्रतिशत विद्यार्थीको नतिजा नन–ग्रेडिङ आएको शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अधिकृत सुरेश सुवेदीले जानकारी दिनुभयो ।
स्याङ्जामा ११ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका छन् । ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थी २२३ जना रहेका छन् । त्यसैगरी ३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने विद्यार्थी ६०८ जना, २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने ८२८ जना, २.४ देखि २.८ जीपीए प्राप्त गर्ने ५३२ जना रहेका छन् ।
यस्तै २.० देखि २.४ जीपीए प्राप्त गर्ने ४६ जना र १.६ देखि २.० जीपीए प्राप्त गर्ने एक जना विद्यार्थी रहेका छन् । स्याङ्जामा सबैभन्दा धेरै विद्यार्थीले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।
– राधाकृष्ण डुम्रे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































