05/10/2026, 13:46:32
आइतबार, बैशाख २७, २०८३

कोशीको मुख्यमन्त्रीका लागि सुदन किराँतीको नाम अघि सार्दै हर्क साम्पाङद्वारा सार्वजनिक राय माग


काठमाडौँ,वैशाख २७ गते । श्रम संस्कृति पार्टीले कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा सुदन किराँतीलाई प्रस्तुत गर्ने संकेत दिएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत किराँतीलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनेबारे सार्वजनिक रूपमा राय मागेका हुन् ।

केही दिनअघि मात्रै पार्टीमा औपचारिक रूपमा आबद्ध भएका किराँतीलाई अध्यक्ष साम्पाङले प्रदेश नेतृत्वका सम्भावित उम्मेदवारका रूपमा अघि सारेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै कोशी प्रदेशको नेतृत्वमा किराँतीलाई अघि बढाउने विषयमा जनमत मागेका हुन् ।

 

साम्पाङले आफ्नो पोस्टमा श्रम संस्कृति पार्टीका तर्फबाट सुदन किराँतीलाई प्रदेशको मुख्यमन्त्री बनाउने प्रस्तावबारे नागरिकको धारणा मागेका छन् । उक्त अभिव्यक्तिलाई पार्टीभित्र किराँतीलाई प्रदेश नेतृत्वका लागि तयार पार्ने संकेतका रूपमा हेरिएको छ ।

यसअघि किराँतीको पार्टी प्रवेशसँगै उनलाई मुख्यमन्त्रीको दाबेदार बनाउने समझदारी भएको चर्चा राजनीतिक वृत्तमा चलेको थियो । तर यस विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..