

न्यूयोर्क, वैशाख २७ गते । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएकोमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।
बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो ।
मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुंगा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ । घटनास्थल मियामी बीच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ ।
उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।
विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































