

वालिङ(स्याङ्जा), वैशाख २१ गते । स्याङ्जाका विभिन्न स्थानमा ३६ घण्टादेखि विद्युत अवरुद्ध भएको छ । शनिबार साँझदेखि वालिङ र भीरकोट नगरपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको हो । बुटवल पावर कम्पनी (विपिसी) मार्फत सेवा प्रवाह हुँदै आएको क्षेत्रमा विद्युत अवरुद्ध भएको छा ।
कम्पनीले दिएको जानकारी अनुसार वालिङस्थित मिर्दी सवस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरमा अचानक समस्या आएको हो । मर्मत कार्य पूरा नहुँदासम्म ११ केभी लाइनबाट वितरण भएको वालिङ र भीरकोट नगरपालिकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने कम्पनीले जनाएको छ । सवस्टेसनमा रहेको ट्रान्सफर्मरमा कसरी समस्या आयो भन्ने विषय भने कम्पनीले खुलाएको छैन ।


शनिबार राति मेघ-गर्जन सहित पानी परेको र ठुलो आवाजमा पट्किएकाले चट्याङ्का कारण ट्रान्सफर्मरमा समस्या आएको हुनसक्ने स्थानीयहरु बताउछन् । कम्पनीले सकेसम्म छिटोभन्दा छिटो मर्मत कार्य सम्पन्न गरी विद्युत सप्लाई आपूर्ति गर्ने जनाएको छ ।
११ केभी प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतका लागि बुटवल पठाइएको विपिसी गल्याङ शाखाका प्रमुख डोल खरेलले जानकारी दिनुभयो । सवस्टेसनमा ठुलो समस्या आएको र बैकल्पिक ट्रान्सफर्मर नहुँदा दुई-तीन दिन विद्युत अवरुद्ध हुने उहाँको भनाइ छ । ३३ केभी प्रशारण लाईनमा भने कुनै समस्या नभएको विपिसीले जनाएको छ ।
लामो समय विद्युत अवरुद्ध हुँदा सरकारी तथा बैंकवित्तीय संस्थाले दिने सेवा प्रभावित भएको छ भने यस क्षेत्रमा टेलिफोन राम्रोसँग चलेको छैन ।
– राधाकृष्ण डुम्रे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































