04/29/2026, 16:44:15
बुधबार, बैशाख १६, २०८३

रास्वपाको पहिलो चरणको बैठकमा २५ सांसदले बोले, सभापति र सचेतकलाई प्रश्न


काठमाडौँ, वैशाख १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकको पहिलो चरणमा २५ सांसदले बोलेका छन् । उनीहरूले समसामयिक विषयमा सम्बोधन गरिरहेको प्रवक्ता एवं सांसद मनिष झाले जानकारी दिए  ।

झाका अनुसार बोल्ने अधिकांश सांसदले पार्टी सभापति, संसदीय दलको प्रमुख सचेतक र सचेतक तथा पदाधिकारीलाई प्रश्न गरेका छन् ।

सांसदहरू रमेश सापकोटा, जगदीश खरेल, जगत जोशी, भूमिका श्रेष्ठ, नितिमा कार्की, डा. अंकिता ठाकुर, सुजाता तामाङ, समिना मिया लगायतले सरकार र संसदीय अभ्यास बारे जिज्ञासासहितका प्रश्न सोधेका हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..