

कल्याणपुर (सप्तरी), वैशाख १५ गते । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान, सवारी ज्यान, चोरी र डाका मुद्दामा अदालतबाट सजाय पाएका प्रतिवादीहरु रहेका छन् ।
यसैक्रममा जिल्लाको खडक नगरपालिका वडा नम्बर ९ का मो.इजराईल, रफु मियाँ भन्ने रफुवा मियाँ, मो.अख्तर भन्ने अकतर र मो जाकिरलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
पक्राउ परेका चारैजनालाई अदालतबाट एक÷एक वर्ष कैद सजाय भएको उहाँले बताउनुभयो ।
यस्तै पक्राउ पर्नुभएका सोही नगरपालिका वडा नम्बर ११ का नवीन कुमार चौधरीलाई सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय भएको छ भने विष्णुपुर गाउँपालिका वडा नम्बर १ का राम यादवलाई एक महिना कैद तथा दुई हजार जरीवाना भएको, सोही ठाउँका रामदास यादवलाई डाँका मुद्दामा तीन वर्ष कैद तथा ३० हजार जरिवाना भएको प्रहरी जनाएको छ ।
पक्राउ परेका प्रतिवादीहरुबाट जम्मा सात वर्ष तीन महिना कैद ३२ हजार जरिवाना उसुल उपरका लागि सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पुरी बताउनुभयो ।
– विनय कर्ण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































