

सप्तरी, वैशाख १० गते । सप्तरीको रुपनी गाउँपालिका–१ का राजु भन्ने किरणकुमार जयसवाललाई भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा चिनिने व्यक्ति पक्राउ पर्नुभएको छ।
सामाजिक सञ्जालमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवविरुद्ध भ्रम फैलाएको उजुरीका आधारमा प्रहरीले बुधबार जयसवाललाई नियन्त्रणमा लिएको हो। जयसवालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएर चरित्रहत्या गरेको तथा विद्युतीय कारोबार ऐनविरुद्ध कसुर गरेको भन्दै गाउँपालिका अध्यक्ष यादवले जाहेरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


जयसवालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
जयसवालले रुपनी गाउँपालिकामा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै विगत सात वर्षदेखि विभिन्न गतिविधि गर्दै आएका थिए।
– देवराम यादव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































