04/10/2026, 13:02:44
शुक्रबार, चैत २७, २०८२

रास्वपा संसदीय दलको बैठक बस्दै


काठमाडौं, चैत २७  गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका विषयमा मुख्य रूपमा छलफल हुनेछ ।

आजै हुने उपसभामुख निर्वाचनका लागि रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ । उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन् । बैठकमा समसामयिक राजनीतिक विषयहरूमाथि समेत छलफल हुने जनाइएको छ । साथै, रास्वपाले अझै मुख्य सचेतक र सचेतक नियुक्त नगरेको विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने बुझिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..