काठमाडौँ, चैत २२ गते । कानुनमन्त्री सोविता गौतमले सभामुखमा डीपी अर्याल निर्विरोध हुनु सामूहिक भरोसा भएको बताएकी छिन् । अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रसतावको समर्थनमा बोल्दै गौतमले अन्य दलले उम्मेदवारी नदिएर थप जिम्मेवार बन्न प्रेरित गरेको बताइन् ।
‘माननीय डीपी अर्यालज्यू निर्विंरोध हुनु तपाईंमाथिको भरोसा हो । प्रतिनिधिसभालाई निष्पक्ष, प्रभावकारी जिम्मेवारी बनाउनु हुन्छ भन्ने विश्वास छ । संसद सशक्त बहसको केन्द्र र मुद्दामा आधारित हुनुपर्छ । सरकारलाई प्रभावकारी खबरदारी गर्ने गरी कानुन बनाउन प्रतिनिधिसभा सफल हुनेछ भन्ने विश्वास लिएको छु,’ गौतमले भनिन्, ‘सरकार र संसदबीचबीच प्रभावकारी समन्वय हुनुपर्छ । किनकि संसदमा दलको प्रतिस्पर्धाभन्दा पुस्ताको भविष्यलाई सम्बोधन गर्न आएका छौँ । यही क्षणमा चुक्यौँ भने हामीलाई इतिहासले क्षमा दिँदैन ।’
संसदलाई बोल्ने प्रतस्पिर्धा भन्दा जिम्मेवारी निर्वाह गर्ने थलो बनाउनुपर्ने सोविताले बताइन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
