काठमाडौँ, चैत २० गते । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी नदिने रणनीति तय गरेको छ। उक्त दलले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अघि सारिएका डोलप्रसाद अर्याललाई समर्थन गर्ने निर्णयसमेत गरेको जनाएको छ।
दलका प्रमुख सचेतक युवराज दुलालका अनुसार सभामुख पदमा प्रतिस्पर्धामा नजाने निष्कर्षमा पार्टी पुगेको हो। यसअघि नै अर्यालले सभामुख पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन्।
सभामुखमा प्रतिस्पर्धाबाट अलग रहने निर्णयसँगै उक्त दलले उपसभामुख पदमा भने आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेको छ। सहमति जुटेमा उपसभामुखमा उम्मेदवारी दिने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ।
यसैबीच, नेपाली काँग्रेस ले पनि सभामुख पदमा उम्मेदवार नउठाउने निर्णय गरिसकेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले सत्तापक्षसँग स्पष्ट बहुमत रहेको तथा सभामुख पदलाई साझा र निष्पक्ष भूमिकाका रूपमा लिनुपर्ने सन्दर्भमा यस्तो निर्णय गरिएको जानकारी दिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
