04/07/2026, 13:37:24
मङ्गलबार, चैत २४, २०८२

असिनाले फलफूल र तरकारी बालीमा क्षति


गण्डकी, चैत २ गते  । असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ ।

असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पुर्‍याएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । सुन्तला, आँप, लिची जस्ता फलफूलमा फूल फुल्न लागेका अवस्थामा आएको असिनाले क्षति बनाएको हो । असिनाले लसुन, प्याज, तरबुजा आदि खेतीमा पनि असर परेको उनले बताए।

बर्सेनि क्षति पुग्ने गरेकाले असिना छेक्ने जाली उपलब्ध गराउनुपर्ने किसानको माग छ । पछिल्ला वर्षमा असिना छेक्ने जालीको प्रयोगलाई बढाउँदै लगिएको शाखा प्रमुख कडरियाले बताए । महानगरपालिकाले हालसम्म करिब ५०० थान जाली ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइसकेको उनको भनाइ छ ।

कृषि बिमातर्फको आकर्षण पनि बिस्तारै बढ्दै गएको उल्लेख गर्दै उनले तरबुजा खेती गर्ने किसानले कृषि बिमा गरेको पाइएको उनले बताए । असिना, हावाहुरीलगायत प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि किसान समस्यामा पर्ने गरेका अगुवा किसान रमेश अचार्य बताउँछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..