काठमाडौँ, फागुन १९ गते । काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी घर भई हाल भक्तपुर बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
गोरखाका विकाश थापा मगरले चलाएको प्र ३ –००१ ब ९४५ नम्बरको टिपरले सरकारी नम्बर प्लेट प्र ३ –००१ ब ९४५ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कोइराला गम्भीर घाइते भएका थिए । उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
