09/22/2026, 18:51:53
मङ्गलबार, असोज ०६, २०८३

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति


सङ्खुवासभा, माघ २३ गते । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..