काठमाडौँ, पुस १२ गते । सभामुख देवराज घिमिरेले एनएसएसएफ १३औँ किन्डर ओलम्पिकको उद्घाटन गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा शनिबार भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गर्नुभएको हो ।
कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रङ्गशालाको ट्रयाकमा परिक्रमा गराउनुभएको थियो ।


पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १५ सय ४० विद्यार्थीको सहभागिता रहेको आयोजक नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो ।
विद्यार्थीले मार्च पास्ट गर्नुका साथै विभिन्न खेलको प्रतिस्पर्धा पनि भएको थियो । दशरथ रङ्गशालामै पुस १५ गते हुने दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १६ सय विद्यार्थी सहभागी हुने पनि आयोजकले जनाएको छ ।




What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























