05/31/2026, 20:37:19
आइतबार, जेठ १७, २०८३

शिक्षामन्त्री पुनद्वारा मतदाता नामावलीमा नाम दर्ता


काठमाडौँ, कात्तिक १८ गते ।शिक्षामन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छ । उहाँले मङ्गलबार बिहान नयाँ बानेश्वरमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको हो ।

शिक्षामन्त्री पुनले आफूले पहिलो पटक नाम दर्ता गरेको जानकारी दिनुहुँदै १८ वर्ष पुगेका जेनजी पुस्तालाई मतदानमा सहभागी हुन नाम दर्ता गर्न अनुरोध गर्नुभएको छ ।

शिक्षामन्त्री पुनले नाम दर्तापछि सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो। १८ वर्ष उमेर पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइ बहिनीलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु।’ 

उहाँले अब आउने सरकार जेनजी पुस्ताको बन्नुपर्नेमा जोड दिनुभएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..