काठमाडौँ, असोज १६ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म भए-गरेका प्रमुख कार्यप्रगति विवरण सार्वजनिक गरेको छ।
सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि असोज १६ गतेसम्मका प्रमुख उपलब्धि र निर्णयहरूबारे जानकारी गराउनुभएको हो।
प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राज्य अमेरिकामा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई जलवायु सङ्कट र हालैको रसुवा भोटेकोशी बाढीको क्षतिबारे विश्वको ध्यानाकर्षण गराउनुभएको छ।
साथै, चाडपर्व र सक्रिय मनसुनलाई ध्यानमा राखी सडक सञ्जाल सुचारु राख्न, अत्यावश्यक सेवा नियमित गर्न र कालोबजारी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन तीव्र बनाउने निर्णय भएको छ।
सुशासन र सरकारी सेवालाई प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली, २०८३’ राजपत्रमा प्रकाशन गरी डिजिटल तथा कागजरहित प्रणाली अघि बढाइएको छ।
यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ अर्ब २८ करोडभन्दा बढी जम्मा भएको र जसमध्ये रु १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत १५ वटा निर्माण कम्पनी तथा फर्मलाई कालोसूचीमा राखिएको छ भने हेलो सरकारमार्फत प्राप्त ७७ हजारभन्दा बढी गुनासामध्ये ३१ हजारभन्दा बढी फछ्र्यौट भइसकेका छन्। यसैगरी, नीति अनुसन्धान प्रतिष्ठानले २४ मध्ये १९ वटा अनुसन्धान परियोजना सम्पन्न गरिसकेको छ।
| क्षेत्र/विषय (Area/Topic) | प्रमुख उपलब्धि/तथ्य (Key Achievement/Fact) |
| अन्तर्राष्ट्रिय/कूटनीति | प्रधानमन्त्री वालेन्द्र शाहद्वारा राष्ट्रसङ्घको ८१औँ महासभा सम्बोधन तथा भोटेकोशी बाढी र जलवायु सङ्कट उजागर |
| दैवी प्रकोप उद्धार कोष | रु १६ अर्ब २८ करोड ३१ लाखभन्दा बढी संकलन; रु १ अर्ब विपद् व्यवस्थापन कोषमा निकासा |
| सुशासन र डिजिटलाइजेसन | सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) नियमावली, २०८३ राजपत्रमा प्रकाशित |
| सार्वजनिक खरिद र कारबाही | १५ वटा निर्माण फर्म/कम्पनी कालोसूचीमा; ४९ निकायलाई खरिदसम्बन्धी राय परामर्श |
| हेलो सरकार (गुनासो सुनुवाइ) | कुल ७७,१२८ गुनासो प्राप्त; ३१,२८० फछ्र्यौट तथा १७,५३९ समाधान |
| चाडपर्व तथा बजार अनुगमन | सडक यातायात, खाद्यान्न आपूर्ति र कालोबजारी नियन्त्रणका लागि संयुक्त अनुगमन प्रभावकारी बनाइने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































