काठमाडौँ, असोज ६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले असोज ९ देखि ११ गतेसम्म पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्को पूर्वतयारी र पूर्वसूचना प्रणालीमा उच्च सतर्कताका साथ जुट्न मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ।
मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर मन्त्रीद्वयले पछिल्लो मौसम प्रणाली र जोखिमको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको हो। मन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वय कायम गर्दै सम्भावित प्रभावित क्षेत्रहरूमा अहिल्यै सूचना प्रवाह गर्न आग्रह गर्नुभयो।
उहाँले कृषि, पर्यटन, यातायात लगायतका क्षेत्रहरूलाई सतर्कता अपनाउन आह्वान गर्दै सम्भावित जोखिमयुक्त क्षेत्रमा उद्धारकर्मी तथा सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको बताउनुभयो। रसुवाको भोटेकोशी बाढीको पाठलाई ध्यानमा राख्दै यसपटक पूर्वतयारीमा विशेष ध्यान दिइएको उहाँको भनाइ थियो।
यसैगरी गृहमन्त्री सुधन गुरुङले नदी तटीय क्षेत्रमा टोली परिचालन र नागरिकलाई पूर्वसूचना दिने विषयमा योजनाबद्ध तयारी भइरहेको जानकारी दिनुभयो। वर्षा सुरु हुन दुई दिन बाँकी रहेको सन्दर्भमा सुरक्षा निकायलाई उच्च अलर्टमा राखिएको, उद्धार सामग्रीहरू तयारी अवस्थामा पारिएको र स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणाली सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो।
विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठ लगायतका अधिकारीहरूले पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपणबारे मन्त्रीद्वयलाई विस्तृत ब्रिफिङ गर्नुभएको थियो।
| क्रम संख्या | मुख्य विषय | विवरण तथा निर्णय |
| १ | भारी वर्षाको समय | असोज ९ देखि ११ गतेसम्म (गण्डकी, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा उच्च जोखिम)। |
| २ | मन्त्रीद्वयको निर्देशन | पूर्वतयारी र पूर्वसूचना प्रणालीमा एकीकृत समन्वय गरी तत्काल सूचना सर्कुलेट गर्ने। |
| ३ | सुरक्षा तथा उद्धार | सुरक्षा निकाय अलर्ट, उद्धार सामग्री तयारी अवस्थामा र स्थानीय तहसँग समन्वय। |
| ४ | क्षेत्रगत आह्वान | कृषि, पर्यटन, यातायात र नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






प्रतिक्रिया दिनुहोस्