काठमाडौँ, असोज ५ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मुलुकका विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले बिहान मौसम चेतावनी जारी गर्दै वर्षाका कारण हुनसक्ने बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
मौसम पूर्वानुमान अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यसैगरी मंगलबार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बुधबार पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान छ। बुधबार दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ। यसले गर्दा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने सम्भावना छ।
भारी वर्षाका कारण ती क्षेत्रहरूमा नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात तथा पूर्वाधारमा समेत प्रभाव पर्न सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई पूर्वतयारी र उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष अनुरोध गरेको छ।
दिनगत वर्षा पूर्वानुमान विवरण
| क्र.सं. | दिन / समय | भारी वर्षा हुन सक्ने क्षेत्रहरू |
| १ | सोमबार (दिउँसो) | कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग। |
| २ | मंगलबार (दिउँसो/राति) | कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग। |
| ३ | बुधबार (दिउँसो) | कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग। |
| ४ | बुधबार (राति) | कोशी, बागमती र गण्डकीका हिमाली/पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी भूभाग। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































