08/23/2026, 14:08:26
आइतबार, भदौ ०७, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहको मुक्तिनाथ दर्शन: एक रातको मुस्ताङ बसाइपछि काठमाडौँ फिर्ता


मुक्तिनाथ, भदौ ७ गते । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको छोटो पारिवारिक भ्रमण पूरा गरी आइतबार बिहान ९:५० बजे काठमाडौँ फर्किनुभएको छ।

शनिबार राति धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री शाहले मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले जोमसोमस्थित मौलिक वास्तुकलामा निर्मित होटल ‘ओम्स होम‘मा एक रात बिताउनुभएको थियो।

कुनै औपचारिक कार्यक्रम नरहेको उक्त भ्रमण पारिवारिक मात्र रहेको र म्याग्दी जिल्ला प्रशासन कार्यालयले यात्राका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाएको थियो।