07/27/2026, 08:37:40
सोमबार, साउन ११, २०८३

११ महिनामा खुद ३९१ खर्ब ७० करोड तरलता प्रशोचन, घट्यो अन्तरबैङ्क कारोबार


काठमाडौँ, साउन ११ गते । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपाल राष्ट्र बैङ्कले कुल ३९१ खर्ब ७० करोड रुपैयाँ बराबरको खुद तरलता प्रशोचन (Absorb) गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा २१३ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ प्रशोचन गरिएको थियो।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार समीक्षा अवधिमा:

निक्षेप सङ्कलन बोलकबोल: रु. ३३ खर्ब २९ अर्ब
स्थायी निक्षेप सुविधा: रु. ३५५ खर्ब ८४ अर्ब २० करोड
राष्ट्र बैङ्क ऋणपत्र: रु. २०० अर्ब
ओभरनाइट तरलता सुविधा (प्रवाह): रु. १२ अर्ब ५० करोड

यस्तै, समीक्षा अवधिमा विदेशी विनिमय बजारबाट ७ अर्ब ४ करोड अमेरिकी डलर खुद खरिद गरी १० खर्ब २६ अर्ब ३ करोड तरलता प्रवाह गरिएको छ भने ४ अर्ब २८ करोड डलर बिक्री गरी ६ खर्ब २५ अर्ब ५० करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाबिच कुल १० खर्ब ३९ अर्ब ७६ करोड को अन्तरबैङ्क कारोबार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको (१६ खर्ब ८१ अर्ब ५४ करोड) तुलनामा उल्लेख्य गिरावट हो।