

काठमाडौँ, साउन १० गते । अबदेखि वालेट प्रयोगकर्ताले पनि राष्ट्रिय परिचयपत्र अनिवार्य अपडेट गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५ औँ संशोधन गर्दै नयाँ डिजिटल वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गरेको छ।
नयाँ प्रयोगकर्ताका साथै पुराना (विद्यमान) वालेट प्रयोगकर्ताले पनि २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा अद्यावधिक (Update) गरिसक्नुपर्नेछ।
सेवाप्रदायकको दायित्व:
सेवाप्रदायक संस्थाले ग्राहकको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वपरीक्षण गर्नुपर्नेछ। राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकलाई परिचयपत्र प्राप्त गरी विवरण अद्यावधिक गर्न हरेक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेछ।
विदेशमा बस्ने नेपालीका लागि छुट:
गैरआवासीय वा विदेशमा रहेका नेपालीले सुरुमा राष्ट्रिय परिचयपत्र बिना नै अनलाइनबाट वालेट खोल्न सक्नेछन्। तर, नेपाल फर्किएको छ महिनाभित्र भने अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गराउनुपर्नेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























