07/22/2026, 17:08:11
बुधबार, साउन ०६, २०८३

एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउने


मकवानपुर, साउन ६ गते । बागमती प्रदेशमा नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै एमालेका मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाउँदै छन्।

नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य गर्ने पार्टी निर्णय अनुसार एमालेबाट सरकारमा सहभागी छ जना मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिन लागेका हुन्।

चितवनमा आयोजित कार्यक्रमबाट मुख्यमन्त्री बानियाँ फर्किएपछि दिउँसो राजीनामापत्र बुझाइने जनाइएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार नेपालको संविधानको धारा १६८ (२) तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै राजीनामा दिइएको हो।

राजीनामा बुझाएसँगै एमालेले बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने प्रक्रिया अघि बढाउनेछ।