काठमाडौँ, साउन १ गते । सेयर कारोबार मापक नेप्से परिसूचक ७९.७४ अंकले बढेको छ । बिहीबारको तुलनामा ३.०६ प्रतिशतले वृद्धि भएको नेप्से २६७७.५४ विन्दुमा उक्लिएको छ । बुधबारयता नेप्से निरन्तर बढेको हो ।
सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको मूल्य बढ्यो । उत्पादन तथा प्रशोधनको ४६७.३५, होटल तथा पर्यटनको २५९.३८, निर्जीवन बीमाको २२८.८९ अंकले बढ्यो । सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ अंकले घट्यो । कारोबारमा आएका मध्ये २५९ कम्पनीको सेयर मूल्य बढ्यो, १३ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्सेका अनुसार ५८ हजार ९४ पटकको किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ती कारोबारमा १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
उच्च मूल्य बढेका कम्पनीहरू
- श्रीनगर एग्रिटेक इन्डस्ट्रिज: १५%
- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक: १४.८३%
- शिखर पावर डेभलपमेन्ट: १२.५४%
- रिड्ज लाइन इनर्जी: १२.०६%
- मध्य सोलु हाइड्रोपावर: १२.०५%
उच्च मूल्य घटेका कम्पनीहरू
- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था: १५%
- फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था: ८.७२%
- आरबीबी फोकस ४०: ६.११%
- एनएमबी हाइड्रो फन्ड एल-आइआई: ५.६३%
- कर्पोरेट विकास बैंक: ४.१७%
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























