

काठमाडौँ, असार ३२ गते । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार दुई चरणमा गरी कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सकिएसँगै वर्षौँदेखिको ‘ब्याकलग’ सधैँका लागि अन्त्य भएको हो ।
अब २४ घण्टाभित्रै लाइसेन्स!
यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ लाइसेन्स छपाइ गरी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाल सुरक्षण मुद्रण केन्द्रले दैनिक ३ देखि ५ हजारसम्म लाइसेन्स छापेर विभागलाई बुझाउँदै आएको छ ।
स्वदेशमै सुरक्षण मुद्रणको तयारी:
लाइसेन्सको काम सकिएसँगै अब नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर र हुलाक टिकट जस्ता महत्वपूर्ण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी सुरु गरिएको छ । यसबाट करोडौँ रुपैयाँ विदेशिनबाट जोगिने र सार्वजनिक सेवा थप गुणस्तरीय हुने विश्वास लिइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























