10/09/2026, 09:22:35
शुक्रबार, असोज २३, २०८३

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाएर ८ कायम, यस्तो छ नयाँ मन्त्रीहरूको कार्यविभाजन (सूचीसहित)


हेटौँडा, साउन १ गते । बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ। वैशाख २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ कार्यविभाजन तोक्नुभएको हो।

नयाँ जिम्मेवारी अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ सदस्यीय मन्त्रीहरूको कार्यविभाजन यसप्रकार छ:

क्र.सं. मन्त्रीको नाम सम्हालेको मन्त्रालय
१. इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय
३. शिवराज अधिकारी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय
४. कञ्चनचन्द्र वादे स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
५. डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्रालय
६. प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालय
७. कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
८. बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय

बिना विभागीय मन्त्रीहरू:

किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल।