07/16/2026, 21:49:20
बिहिबार, असार ३२, २०८३
लुरे बुढा, भुँडे बुढी

पारिवारिक हाँस्य टेलिशृङ्खला ‘लुरे बुढा, भुँडे बुढी’ को प्रोमो सार्वजनिक


काठमाडौँ, असार ३२ गते । नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद दिने उद्देश्यका साथ निर्माण गरिएको पारिवारिक हाँस्य टेलिशृङ्खला ‘लुरे बुढा, भुँडे बुढी’ को प्रोमो सार्वजनिक गरिएको छ । नागरिक प्रेसको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक प्रोमोमा चर्चित कलाकार सुलेमान शङ्कर ‘इकु’ र कलाकार स्नेहा कटवाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

यो पारिवारिक शो नेपाली समाजसँग जोडिएका कथामा आधारित रहेर तयार पारिएको छ, जुन आगामी साउन ४ गतेदेखि हरेक सोमबार बेलुका ५ बजे साप्ताहिक रूपमा प्रसारण हुनेछ ।

यस कार्यक्रममा नेपालका स्थापित सेलिब्रेटी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलाई अतिथिका रूपमा आमन्त्रण गरिनेछ । उहाँहरूको बाल्यकाल, जीवनमा लुकेका सङ्घर्ष र उतारचढावका कथालाई विशुद्ध हाँस्य शैलीका साथै गाउँको शैलीमा आम दर्शकमाझ प्रस्तुत गर्ने हाम्रो प्रयास रहनेछ ।
– सुलेमान शङ्कर ‘इकु’

अभिनेता इकुका अनुसार यस शृङ्खलामा नेपालका स्थापित सेलिब्रेटी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिनेछ । अतिथिको बाल्यकाल, जीवनका सङ्घर्ष र उतारचढावका कथालाई विशुद्ध हाँस्य तथा गाउँले ठेट शैलीमा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ ।

लामो समयदेखि कला क्षेत्र र सामाजिक सेवामा सक्रिय ‘इकु‘ सँगै गायन र अभिनय दुवैमा स्थापित स्नेहा कटवालको दरो अभिनयले यो सिरियललाई थप मनोरञ्जक बनाउने अपेक्षा गरिएको छ ।