

काठमाडौँ, साउन १ गते । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। दीपक भट्टसमेत जोडिएको मुद्दामा पूरकका रूपमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार यो मुद्दा दर्ता गरेको हो।
मुद्दामा पौडेलसँगै व्यवसायी दीपक भट्ट र सुभी अग्रवाललाई पनि विपक्षी बनाइएको छ। अभियोग पत्रमा उनीहरू विरुद्ध निम्नानुसार बिगो दाबी गरिएको छ:
- दीपक भट्ट: रु ४७ करोड ७७ लाख ६६ हजार २५०
- विष्णुप्रसाद पौडेल: रु २० करोड ९० लाख
- सुभी अग्रवाल: रु १३ करोड ३३ लाख ५६ हजार १३६
पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले आफ्नो पदीय ओहोदा र प्रभावको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरणमा भट्ट लगायतलाई सहयोग गरेको तथा श्रीराम टोबाको कम्पनीको सेयर हस्तान्तरणमा सहजीकरण गरिदिएको आरोप लगाइएको छ। मुद्दामा विभिन्न ८ कम्पनीका नाममा रहेको १५६ रोपनी जग्गासमेत जफत गर्न माग गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























