07/16/2026, 11:47:52
बिहिबार, असार ३२, २०८३

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर र इन्द्रजितसहित १० जनालाई ४ वर्ष कैद, खाणलाई २ वर्ष


काठमाडौँ, असार ३१ गते । काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा कसुर ठहर भएका १६ जनाको सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले सरकारी लिखत कीर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषीहरूलाई एकीकृत सजाय सुनाएको हो ।

अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र गोविन्दकुमार चौधरी लाई जनही ४ वर्ष कैद र ४० हजार रुपियाँ जरिबानाको सजाय सुनाएको छ । ७५ वर्ष नाघेका इन्द्रजित राईले ज्येष्ठ नागरिक ऐन अनुसार ७ महिना ७ दिन कैद छुट पाउनेछन् ।

यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणटेकनाथ रिजाललाई जनही २ वर्ष कैद र २० हजार रुपियाँ जरिबाना गरिएको छ । प्रतिवादीहरू नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा लाई जनही १ वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको सजाय निर्धारण गरिएको छ ।

यस प्रकरणका ३१ प्रतिवादीमध्ये १६ जना दोषी ठहर भएका हुन् भने ७ जनाले सफाइ पाएका छन् । बाँकी ८ जनाको मुद्दा मुलतबीमा राखिएको छ ।