काठमाडौँ, असार ३२ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७२ पैसा र बिक्रीदर १५४ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५१ पैसा र बिक्रीदर १७६ रुपियाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ७८ पैसा र बिक्रीदर २०६ रुपियाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ ५६ पैसा र बिक्रीदर १९० रुपियाँ ३० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ३७ पैसा र बिक्रीदर १०७ रुपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३२ पैसा र बिक्रीदर १०९ रुपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९६ पैसा र बिक्रीदर ११९ रुपियाँ ४३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६९ पैसा र बिक्रीदर २२ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९२ पैसा र बिक्रीदर ४१ रुपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १६ पैसा र बिक्रीदर ४२ रुपियाँ ३३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८५ पैसा र बिक्रीदर ४२ रुपियाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६९ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २९ पैसा र बिक्रीदर १० रुपियाँ ३३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८८ पैसा र बिक्रीदर १५ रुपियाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४८ पैसा र बिक्रीदर २३ रुपियाँ ५७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६१ पैसा र बिक्रीदर १९ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ ६६ पैसा र बिक्रीदर ५०१ रुपियाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ६९ पैसा बिक्रीदर ४०९ रुपियाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ २५ पैसा र बिक्रीदर ४०० रुपियाँ ८१ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































