10/06/2026, 06:47:29
मङ्गलबार, असोज २०, २०८३

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि क्रिकेट टोलीको घोषणा

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, असार १२ गते । नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो।

पूरा सूची हेर्नुहोस्:

१५ सदस्यीय मुख्य टोली:
रोहित पौडेल – कप्तान,
दीपेन्द्रसिंह ऐरी – उपकप्तान,
सन्दीप लामिछाने,
कुशल भुर्तेल,
आसिफ सेख,
आरिफ सेख,
सोमपाल कामी,
इशान पाण्डे,
गुल्सन झा,
करण केसी,
नन्दन यादव,
ललित राजवंशी,
भीम सार्की,
अर्जुन कुमाल,
विनोद भण्डारी

वैकल्पिक सूची
सुन्दीप जोरा,
शाहब आलम,
हेमन्त धामी,
आकाश चन्द,
युवराज खत्री

नेपाली टोलीले नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय शृङ्खलाका क्रममा लिग–२ अन्तर्गतका आफ्ना खेलहरू खेल्ने खेल तालिका रहेको छ।