06/03/2026, 21:10:35
बुधबार, जेठ २०, २०८३

जगदम्बा मोटर्सको रोनिन मोनोताने र एगोन्डा भेरियन्ट सार्वजनिक


काठमाडौँ, जेठ २० गते । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितररक जगदम्बा मोटर्सले टीभीएसका रोनिन मोनोताने र रोनिन एगोन्डा भेरियन्ट सार्वजनिक गरेको छ ।

यससँगै कम्पनीले नेपालमा प्रिमियम मोटरसाइकलको पोर्टफोलियोलाई थप मजबुत बनाएको दाबी गरेको छ । काठमाडौंको ठमेलस्थित क्लब नोभामा यी दुई भेरियन्ट अनावरण गरियो ।

यी भेरियन्टले टीभीएस रोनिन लाइनअपमा बोल्ड स्टाइलिङ, विशिष्ट आधुनिक–रेट्रो चरित्र र नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइल खण्डमा बलियो आकर्षण थपेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रोनिन मोनोतोनको मूल्य ४ लाख २९ हजार ९ सय र रोनिन एगोन्डाको मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।